अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिउँदै पत्रकार गुप्तालाई मुख्यमन्त्रीको श्रद्धाञ्जलि !

जिउँदै पत्रकार गुप्तालाई मुख्यमन्त्रीको श्रद्धाञ्जलि !


जनकपुर– सिरहाका वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्तालाई जिउँदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले श्रद्धाञ्जलि दिनुभएको छ ।

शोक बक्तव्य निकाल्न हतार गरेको भन्दै परिवारका सदस्य तथा पत्रकारहरु मुख्यमन्त्रीविरुद्ध क्रुद्ध भएका छन् । ‘उहाँ गम्भीर अवस्थामा विराटनगरमा उपचाररत हुनुहुन्छ,’ प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य दिलिप सिंहले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मोरङको समन्वयमा विराटनगरमा सबैखाले विकल्पमा उपचार भइरहेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले उपचारको व्यवस्था मिलाउनुको साटो शोक बक्तव्य निकालिएको भन्दै कडा आक्रोस व्यक्त गर्नुभयो ।

 

Skip This