अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गरिबीबिरुद्व जुध्ने तालिवान काइदाः बेरोजगारलाई विकास निर्माणमा खटाएर ज्यालाको सट्टा गहुँ वितरण

गरिबीबिरुद्व जुध्ने तालिवान काइदाः बेरोजगारलाई विकास निर्माणमा खटाएर ज्यालाको सट्टा गहुँ वितरण


तालिवानले १५ अगस्टमा सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा चरम आर्थिक संकट छ । हजारौं व्यक्ति बेरोजगार छन् । गरिबीकाकारण दैनिक उपभोग्य बस्तुको अभावमा हजारौं अफगानी भोकभोकै मर्ने अवस्थामा छन् । भोकमरी बढेपछि तालिवान सरकारले विशेष कार्यक्रम ल्याएको छ । बेरोजगार र आर्थिक कठिनाईको सामना गरेका व्यक्तिलाई काम लगाएर त्यसको सट्टा सरकारले गहुँ प्रदान गर्ने भएको छ ।

यस योजनाअन्तर्गत अफगानिस्तानमा प्रमुख सहर र बजारमा हजारौ बेरोजगारलाई विकास निर्माणका काममा तैनाथ गरिएको छ । उनीहरुले विद्युत, खानेपानी, सडक, पुल भवन निर्माणजस्ता क्षेत्रमा काम गर्नेछन र ज्यालाको सट्टा गहुँ दिइनेछ । ‘बेरोजगारबिरुद्ध जुध्नका लागि यो एउटा महत्वपूर्ण खुड्किलो हो,’ तालिवान प्रवत्ता जाबीहुल्लाह मुजाहिदले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने ।

दुई महिने कार्यक्रमअन्तर्गत देशव्यापी रुपमा ६५ हजार ६ सय टन गहुँ वितरण गरिनेछ । यो कार्यक्रम हेरात, जलालाबाद, कान्दहर, मजार इ शरिफलगायतका क्षेत्रमा सञ्चालन गरिनेछ ।

उनले श्रमिकले कडा मिहिनेत गर्नुपर्ने बताए । गरिबी, खडेरी, लोडसेडिङलगायतका समयस्या सामना गरेको अफगानिस्तानमा हिउँदको सुरुवातसँगै चिसोको समस्या बढ्ने देखिन्छ ।