अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनमा छपक्कै तोरीबारी (तस्वीरहरू)

चितवनमा छपक्कै तोरीबारी (तस्वीरहरू)


चितवन – चितवनका खेतीयोग्य जमिनमा यतिबेला ढकमक्क तोरी फूलेका छन् । खेतीयोग्य जमिन पहेँलै देखिन्छन् । यसले यहाँको सौन्दर्यसमेत बढाएको छ ।

तोरीका फाँटबाट टलक्क टल्किएको हिमाल र पहाड देख्न सकिन्छ । पृष्ठभूमिमा पहेँलै फूलेका तोरी, हिमाल र पहाडलाई देखाएर फोटो खिच्न पनि मानिस सौखिन हुन्छन् ।

चितवनमा करीब ४६ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये २८ प्रतिशत जमिनमा यो वर्ष तोरी खेती गरिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मिन बहादुर पुनले जानकारी दिनुभयो ।

तोरी तेलहन बालीअन्तर्गत पर्छ । ‘तेलहन बालीमा ९० प्रतिशतजति तोरी नै लगाउने गरिन्छ । यसपालि राम्रै क्षेत्रमा तोरी लगाएको पाइन्छ । तेल उत्पादनमा चितवन देशकै मुख्य जिल्लामा पर्छ’, उहाँले भन्नुभयो।

जिल्लामा तोरीलगायत तेलहन बाली करीब १३ हजार हेक्टरमा लगाइएको उहाँ बताउनुहुन्छ । चितवनमा प्रति हेक्टर एक टन तोरी उत्पादन हुने गरेको छ ।