अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक जर्मन हाउस हस्पिलालिटी गठ्ठाघरमा जारी (फोटोफिचर)

एमाले केन्द्रीय कमिटी बैठक जर्मन हाउस हस्पिलालिटी गठ्ठाघरमा जारी (फोटोफिचर)


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । आजदेखि सुरु हुने नेकपा एमाले केन्द्रीय कमिटीमा बैठकमा १५ वटा एजेण्डामा छलफल हुने भएको छ ।

१०औं महाधिवेशन पछिको दोस्रो केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य चयनदेखि शपथग्रहण गर्न बाँकी सदस्यहरूको सपथ ग्रहण गराउने लगायतका एजेण्डामा बैठक चलिरहेको छ ।

केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाँकी केन्द्रीय सदस्यहरूको शपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद गठन, कार्यविभाजन लगायतमा छलफल हुनेछन् ।

यसैगरी, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालयको व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण, जनसंगठन सुदृढीकरण अभियान लगायतका एजेन्डामा छलफल हुने तामाङले जानकारी दिनुभएको छ ।

बैठक जर्मन हाउस हस्पिलालिटी गठ्ठाघरमा जारी छ । गत १० मंसिरमा १० औं महाधिवेशनवाट नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले केन्द्रीय समितिको पहिलो बैठक सौराहा, चितवनमा सम्पन्न गरेको थियो ।

एमाले केन्द्रीय कमिटी बैठकमा देखिएका दृष्यहरू हेर्नुहोस्ः