अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अधिवेशनमा पूर्वदेखि पश्चिमसम्म देखिएका दृश्यहरू

एमाले अधिवेशनमा पूर्वदेखि पश्चिमसम्म देखिएका दृश्यहरू


काठमाडौ – नेकपा एमालेले आज ६१ जिल्लाको अधिवेशन गर्दैछ । प्रतिकूल मौसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेक जिल्लामा भने अधिवेशनको अर्को मिति तय हुनेछ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्नुभएको थियो ।

एमालेको १०औं महाधिवेशन गत मंसिरमा सकिए लगतै जिल्ला अधिवेशन एकसाथ उद्घाटन गरेको हो ।

जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ ।  

तस्वीरहरूः एमाले अध्यक्ष सचिवालय/रासस तथा विभिन्न सामाजिक सञ्जाल