अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तेह्रथुम प्रशासनको सेवा स्थगन २२ गतेसम्म थपियो

तेह्रथुम प्रशासनको सेवा स्थगन २२ गतेसम्म थपियो


तेह्रथुम – जिल्ला प्रशासन कार्यालय तेह्रथुमले कर्मचारीमा कोभिड संक्रमण देखिएपछि १४ गतेसम्म स्थगन गरेको सेवा प्रवाह १५ देखि माघ २२ गतेसम्म थपेको छ ।

कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीव्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण हुने क्रम बढ्दो रहेकाले थप एक हप्ता सेवा स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले  शुक्रबार सूचना प्रकाशित गर्दै २२ गतेसम्म सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।