अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आहा ! हिउँले सेताम्य चन्द्रागिरि (फोटोफिचर)  

आहा ! हिउँले सेताम्य चन्द्रागिरि (फोटोफिचर)  


काठमाडौं – काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । वर्षासँगै चन्द्रागिरिमा हिउँमा खेलेर रमाइलो गर्नेहरूको भीड लागेको छ ।

हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायत क्षेत्र सेताम्य भएका छन् ।

चन्द्रागिरि डाँडामा हिउँ परेको यो वर्ष दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता हिमपात भएको थियो । त्यतिबेला सयौं युवायुवतीहरू हिउँ खेल्न चन्द्रागिरि गएका थिए । अहिले पनि हिउँ खेल्नेहरूको चन्द्रागिरिमा चहलपहल छ ।

चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ ।