अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र राई भेडेटार कटेपछि के हुन्छ ?

राजेन्द्र राई भेडेटार कटेपछि के हुन्छ ?


आज एकाएक सुदूर अतिततिर गोता खान पुगिरहेको छु । त्यो अतित एउटा कालो अन्धकारको युगको थियो । त्यो अन्धकारलाई चिर्न कैयौं स्वप्नजिविहरु फिलुङ्गा बनेर निस्केका थिए । अन्धकारबाट मुक्ति लागि प्रतिवद्ध भएर चम्कने तिनै फिलुङ्गामध्येका एकलाई सम्झना गर्दै प्रवासबाट सुदूर अतिततिर गोता खान पुगेको हुँ ।

सानोमा हामी राजेन्द्र राईलाई “हड्ताले दाई”का नामले सम्बोधन गर्थ्यौं । उनी हाम्रो घरदेखि तल्लो टोलमा डेरा गरी बस्थे, गोकुण्डेश्वर माध्यमिक विद्यालयका विद्यार्थीका रुपमा ।

२०३६ सालको समय थियो । मेरा दाजु डम्बर सुब्बा लगायतका राजेन्द्रभन्दा अघिल्लो छिमलका पुस्ताले पनि त्यो पञ्चायत नामको अन्धकार युगको अन्त्यका लागि संगठीत प्रयत्न गर्दै हाम्रो एउटा घरलाई सांस्कृतिक मोर्चा कस्न एउटा अखडा बनाएका थिए । त्यहीँ आउँथे भूमिगत नेताहरु आश्रय लिन । त्यसबेलाको म एउटा बालक उनीहरुको गतिविधिलाई संवेदनशील भएर नियाल्ने गर्थेँ ।।

“हड्ताल” शब्दमा पनि एकलखे लगाएर सम्बोधन गर्दा रिसाउलान् कि जस्तो लाग्थ्यो । तर यस्तो सम्बोधनबाट उनमा त गौरव अनुभूति हुँदोरहेछ । अनि हाम्रो गाला चिमोटेर भन्थे, “ल तिमीहरु राम्ररी पढ्नु है ।”

“अनि तिमीहरु हड्ताल गर्न आउँछौ, कसरी राम्ररी पढ्नु नि ?” मैले त्यतिखेर कक्षामा पढाउने शिक्षक शिक्षिकावाहेक कसैप्रति आदरार्थी शब्द प्रयोग गर्न जानेकै थिइनँ ।

“हा.. हा.. हा..”, उनी गजबले हाँस्थे । त्यो बेला ब्यवस्था ढाल्ने प्रतिवद्धताले उनमा गौरवबोध हुँदो रहेछ ।

त्यो बेला म मेरै टोलमा रहेको गणेश प्राथमिक विद्यालयको कक्षा–१को विद्यार्थी थिएँ । कलेज वा माध्यमिक विद्यालयमा तहमा पढ्ने विद्यार्थी दाईहरु र सेनासँग असाध्यै डर लाग्थ्यो । एक दिन कक्षा कोठाको झ्यालबाट पुलुक्क चिहाएको मात्र केही थियौँ १०–१२ जनाको सेनाको समूह हाम्रै स्कूलको आगनको डीलमा आड बनाएर हामीतिरै पो राइफल ताकिरहेका ।

अब खत्तम हुने भो ! “ए धने अब के हुन्छ हँ ?” हाम्रो टोलदेखि नजिकै आर्मी क्याम्प रहेको र त्यहाँ उनको बुवा पनि बहालवाला सैनिक भएकोले मैले सहपाठी धनबहादुर गोलेलाई सोधेँ । उनको जवाफले झन खङ्ग्रङ्ग बनायो । उनले भने,“यिनीहरु हामीलाई मार्न आएको, अब हामी लुक्नुपर्छ ।”

उनैले सिकाएअनुसार हामी टाउको लुकाएर बेन्चभित्र छिर्‍यौँ । अनि सास रोकेर बस्यौँ । बल्ल राइफल ताक्ने सेना गयो भन्ने थाहा पाएपछि बेन्चभित्रबाट हामी निस्क्यौँ । लाग्यो, धन्न बाँचियो ! दाइ विद्यार्थीहरुसँगको डर यस अर्थमा कि उनीहरुले पढ्न दिदैनन् । हाम्रो बालमष्तिष्कमा हड्तालमा उत्रने दाई विद्यार्थीहरुप्रति यस्तो धारणा थियो, उनीहरु स्कूलमा आउँछन्, पढाउन दिदैनन् । लखेट्छन्, पिट्छन् ।

समय पनि कस्तो परेको, एकातिर स्कूल बन्द गर्दै हिड्ने हड्ताले दाईहरु अर्कातिर हाम्रै स्कूलको आगनमा आएर राइफल ताक्ने सेना ।

“तिमी अलि पछि बुझ्छौ भाई”, हड्ताले दाई राजेन्द्र भन्थे ।

२०३६ सालको राजनीतिक आँधी हुरीको समयका यी हड्ताले दाईका कुरा एक वर्षपछि मैले बुझि पनि हालेँ, जब हाम्रो दुई घरमध्ये एउटा घरमा राजनीतिक र साँस्कृतिक जमघट हुन थाल्यो ।

२०३७ साल अर्थात् म कक्षा–२मा पढिरहेको बेलामै मैले केही कुरा बुझिहालेँ, हड्ताले दाईहरु राम्रो कामका लागि हड्तालमा उत्रिएका रहेछन् । हाम्रो स्कूलको डीलमा आड कसेर बन्दुक ताकिरहेका सेना पनि देशको रक्षाका लागि तालिम लिइरहेका रहेछन्, यो पनि मैले बुझिहालेँ ।

त्यहीँ समय मेरा दाजु डम्बर सुब्बाले चिनियाँ क्रान्तिताकाकी चर्चित बालसेना ल्यू हू लानको संघर्षमा आधारित सचित्र कथा पढ्न दिएको मात्रै होइन, त्यसको सप्रसङ्ग ब्याख्या समेत गरिदिएपछि मलाई हड्ताले दाइहरु प्यारो लाग्न थाल्यो, जस्तो कि राजेन्द्र राई ।

उनले एक दिन मलाई एउटा एक फूट जति लामो पाइप दिए र भने,“ल भाई, यो माइक हो, यसमा बोल्दा ठूलो सुनिन्छ, अनि निलो रङमा भोट दिनुहोस, बहुदललाई जिताउनुहोस भन्दै फुक्दै हिड्नू है ।”

उनले जसो भने, मैले पनि त्यसै गरेँ ।

त्यो समयको हाम्रो टोलको पक्का घर । खरिदार बखतबीर तामाङको घर थियो, जो भत्किसक्यो । अहिले त्यो घर “हिरेको घर” भनेर चिनिन्छ । हिरे अर्थात् राजु तामाङ, मेरा अन्तरङ्ग बालसखा । राजेन्द्र दाई त्यसबेला हाम्रो छिमेकको त्यहीँ घरमा डेरा गरेर गोकुण्डेश्वर माध्यमिक विद्यालयमा पढ्थे । अनि त्यहीँ स्कूलको अखिलको नेता । राजनीतिक आँधीहुरीको त्यो समयदेखि नै म राजेन्द्र राईलाई जान्दछु र बुझ्दछु ।

मेरा दाजु डम्बर सुब्बाले चिनियाँ क्रान्तिताकाकी चर्चित बालसेना ल्यू हू लानको संघर्षमा आधारित सचित्र कथा पढ्न दिएको मात्रै होइन, त्यसको सप्रसङ्ग ब्याख्या समेत गरिदिएपछि मलाई हड्ताले दाइहरु प्यारो लाग्न थाल्यो, जस्तो कि राजेन्द्र राई ।

निरन्तर संघषशील
२०४६ सालको जनआन्दोलनताका धनकुटा अखिलको नेतृत्व धर्मराज पौड्यालले सम्हालेका थिए, र राजेन्द्र दाई चाहिँ जिल्ला कमिटीको सदस्य थिए । २०४७को परिवर्तनलगात्तै सम्पन्न अखिलको जिल्ला सम्मेलनले राजेन्द्र दाईलाई अध्यक्ष चुन्यो ।

मैले जतिखेर उनलाई भेटेँ, त्यतिखेर पनि उनी विद्यालय तहबाट अखिलको राजनीतिमा सक्रिय थिए । त्यसबेला म कक्षा–१मा पढ्थेँ । मेरो कलेज जीवन प्रारम्भ हुँदाताका पनि उनी विद्यार्थी राजनीतिमै सक्रिय थिए ।

उनले विद्यार्थी राजनीतिबाट विदा लिएपछि अखिल धनकुटाको नेतृत्व लक्ष्मी निरौला (हालः नेपाल सरकारका सहसचिव)ले सम्हाल्दा, त्यो कमिटीमा म सहसचिव थिएँ । यो सामान्य सम्झना मेरो लागि किन महत्वपूर्ण छ भने यी हड्ताले दाईलाई जतिखेर मैले देखेँ वा भेटेँ, उनैले नेतृत्व हस्तान्तरण गरेको जिल्ला कमिटीमा म पनि एउटा पदाधिकारी हुन आइपुगेँ ।

राजेन्द्र राईले पार्टीमा अन्तरसंघर्ष गरे, तर पार्टी छाडेर अन्यत्र बरालिएनन् । आज उनी धनकुटाको मूलधार बनेका छन् । र पार्टी अध्यक्ष ओलीबाट ‘म्यान अफ् दी म्याच’ पनि घोषित भएका छन् ।

सानैदेखि राजेन्द्र दाईको प्रभाव ममा थियो । एमालेको पाँचौँ महाधिवेशनमा प्रतिनिधि छनौटको लागि दुर्गा लिङ्खाको नेतृत्वमा गठीत तीन सदस्यीय निर्वाचन समितिको सदस्य थिएँ म । त्योबेला बहुदलीय जनवाद पक्षधरमध्ये धनकुटाबाट रकम चेम्जोङ र दुर्गा दहालले मात्रै चुनाव जिते, अन्य जित्नेजति सबै नौलो जनवाद अर्थात सीपी मैनाली पक्षधर । त्यो बेला तत्कालिन सांसद गोपाल गुरागाईं र जिल्ला विकास समिति सभापति धर्मराज पौड्यालसमेत महाधिवेशन प्रतिनिधि बन्नबाट चुक्न पुगे । उनीहरुको कडा प्रतिस्पर्धी हुन आइपुगेका थिए, राजेन्द्र राई । उनकै नेतृत्वका पक्षधरहरु महाधिवेशन प्रतिनिधि छनौट भए ।

त्यसबेलाको धेरै आन्तरिक कुरा खोतल्नेतिर कहिल्यै गइनँ, म । मात्र यति हो, त्यो बेला धनकुटा, एमालेमा सत्तापक्षधरजस्तो देखिन्थे, गोपाल गुरागाईँ, रकम चेम्जोङ र धर्मराज पौड्यालहरु, अनि बागीजस्ता चाहिँ राजेन्द्र राई ।

राजेन्द्र दाइ किन बागी ? त्यसबेला मेरो मनमा यो कुरा खेलिरह्यो । कसैलाई सोधेको थिइनँ । उनको नेतृत्वमा रहेको धनकुटा अखिलको सचिव विनोद लुइटेल (हालः प्रा. डा. विनोद लुइटेल)को एक रात बास पर्‍यो मेरो घरमा । उनी मलाई धनकुटा अखिलको भावी कमिटीमा बस्न सम्झाई बुझाई गर्न आउनुभएको थिए ।

त्यसबेलाको धेरै आन्तरिक कुरा खोतल्नेतिर कहिल्यै गइनँ, म । मात्र यति हो, त्यो बेला धनकुटा, एमालेमा सत्तापक्षधरजस्तो देखिन्थे, गोपाल गुरागाईँ, रकम चेम्जोङ र धर्मराज पौड्यालहरु, अनि बागीजस्ता चाहिँ राजेन्द्र राई ।

“किन राजेन्द्र दाई पार्टीमा सधैँको बागी ?” मेरो जिज्ञासा ।

लुइटेलजीको जवाफ थियो,“मलाई पनि धेरै कुरा त थाहा छैन, तर उनले आफूलाई साथीहरुले कहिल्यै अगाडी बढ्न नदिएको भन्दै एक दिन त मेरो कोठामा आएर रोए पनि ।”
सबै कुरा लुइटेलजीबाट प्राप्त हुन सकेन, र मैले कोट्याएर सोधिनँ पनि ।

तर राजेन्द्र राई धनकुटा एमालेको आन्तरिक बागीका रुपमा प्रस्तुत भइरहे । २०४७को परिवर्तनपछि भएको धनकुटा एमालेको जिल्ला अधिवेशनमा त उनी पार्टी नेतृत्वकै लागि चुनाव नै लडे । त्यो बेला गोपाल गुरागाईको मत ११ र राजेन्द्रको ७ थियो ।

धनकुटाको कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता गोपाल गुरागाई हुन् । पञ्चायतविरुद्धको आन्दोलनमा राम्रैसँग जेलनेल खेप्ने धनकुटाका नेतामध्ये राजेन्द्र राई पनि अग्रपंक्तिमा आउँछन् ।

माध्यमिक तहकै विद्यार्थी जीवनमा उनले तत्कालिन स्ववियू सभापतिमा निर्वाचित भएर जनअनुमोदनको अनुभव बटुल्न भ्याएका थिए । उनी पटकपटक धनकुटाको माटोमा जनअनुमोदित भइसकेका नेता हुन् । संघर्षले बनेको स्पात हुन्, राजेन्द्र राई ।

उनले पार्टीमा अन्तरसंघर्ष गरे, तर पार्टी छाडेर अन्यत्र बरालिएनन् । आज उनी धनकुटाको मूलधार बनेका छन् । र पार्टी अध्यक्ष ओलीबाट ‘म्यान अफ् दी म्याच’ पनि घोषित भएका छन् ।

मैले जहाँसम्म बुझेको छु, राजेन्द्र राईले परिवर्तनका लागि रातो झण्डा उठाएर आन्दोलन गरिरहेको बेला यस्तो टिप्पणी गर्ने मन्त्री चाहिँ आमाको दूध चुस्दै थिइन् । राजेन्द्र राईले जेलनेल भोग्दा अहिलेकी यी मन्त्री सिगाने पुछ्दै थिइन् । ढिलो जन्मनु अपराध होइन, तर कम्तिमा इतिहास भुल्नु हुन्न । स्पष्ट छ, भूगोल नजान्नेले देश चिन्दैन । संस्कृति नबुझ्नेले सभ्यता जान्दैन र इतिहास नपढ्नेले देश हाक्दैन ।

भर्खरै कतै एउटा समाचारमा आँखा लाग्यो । एक जना मन्त्रीको धनकुटामा ‘सवारी’ भएछ । तिनले राजेन्द्र राईको हैसियत र सिमारेखा निर्धारण गर्दै भनिछन्,‘भेडेटार कटेपछि राजेन्द्र राईको हैसियत के हुन्छ ?’

मैले जहाँसम्म बुझेको छु, राजेन्द्र राईले परिवर्तनका लागि रातो झण्डा उठाएर आन्दोलन गरिरहेको बेला यस्तो टिप्पणी गर्ने मन्त्री चाहिँ आमाको दूध चुस्दै थिइन् । राजेन्द्र राईले जेलनेल भोग्दा अहिलेकी यी मन्त्री सिगाने पुछ्दै थिइन् । ढिलो जन्मनु अपराध होइन, तर कम्तिमा इतिहास भुल्नु हुन्न । स्पष्ट छ, भूगोल नजान्नेले देश चिन्दैन । संस्कृति नबुझ्नेले सभ्यता जान्दैन र इतिहास नपढ्नेले देश हाक्दैन ।

यहाँनेर गौतम बुद्धको एउटा भनाई राख्न सान्दर्भिक हुन्छ ।

एक दिन भूइँमा बसेर उपदेश दिइरहेको बेला गौतम बुद्धलाई उनका एक जना भिक्षुले सोधे,‘बुद्ध, तपाईँ किन अग्लो आसनमा बस्नु हुन्न, भूइँमा बसेर किन उपदेश दिनुहुन्छ ?’

बुद्धले सहज जवाफ दिए,‘भूइँको मान्छे कहिल्यै तल खस्दैन ।’

मैले देखेको राजेन्द्र राई एक जना भूइँमान्छे हुन् । आजको मन्त्री पद त एउटा बेलुनको यात्रा न हो, जो हावा भरिएको अवस्थामा मात्र आकासमा देखिन्छ, हावा सकिएको समयमा त भूइँमा विलाउँछ ।

Skip This