अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका अस्तव्यस्त खुला ठाउँ (फोटोफिचर)

काठमाडौंका अस्तव्यस्त खुला ठाउँ (फोटोफिचर)


काठमाडौं – काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यका भित्र यस्ता शायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन् ।

काठमाडौं बस्तीहरुले भरिएको शहर हो । मानिसको भीड र अव्यवस्थित बसोवास । जसका कारण खाली ठाउँ प्रायः शुन्य छ । खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ । यसको मुदद बेलाबेलामा नउठेको पनि होइन ।

तर समस्या पनि ज्यूँ का त्यूँ छ । समस्या समाधानको बुटी फेला पर्न सकेको । खालि ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ । तर गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैछ । काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन् ।

खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ । टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मद स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा । तर आज यी कुनैपनि ठाउँ खुला छैनन् ।

अतिक्रमण, व्यवसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन् । बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन मेटिँदै छ । खालि भएका स्थानको पनि पुनःनिर्माण हुन नसक्दा अस्तव्यस्त बनेका छन् । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यिनै दृश्यहरु आजको फोटो फिचरमा ।

चापागाँउको बज्रवाराही स्कूलको चौरमा राखिएका बसहरु ।

भृकुटीमण्डपस्थित सिंहदरवारअगाडि रहेका प्लाष्टिकले छाएर बनाइउको अस्थायी टहरा ।

गोदावरीस्थित बोटानिकल गार्डेनसँगै जोडिएको चौरमा व्यापारीले बनाएका झुपडी ।

लगनखेलको सप्तपाल पोखरी परिसर झार र बुट्यानले ढाकिएको अवस्थामा ।

ललितपुरको धोविघाटस्थित मलपोखरी ।

विश्व सम्पदा क्षेत्र पशुपति मन्दिर परिसरमा राखिएका गाडीहरु ।

पुल्चोकको मद स्मारक विद्यालय परिसरमा राखिएको पुराना सरसामान ।

सिफल चौर अतिक्रमण गरेर फुटपाथ व्यापार गरिदै ।

तीनकुनेको घाँसे मैदान भलिवल खेल्ने खेलाडी र फुटपाथ पसले ।

टुडिखेलमा धरहरा निर्माणका क्रममा राखिएको निर्माण सामाग्री र फोहोर ।