अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महारानी एलिजाबेथको अन्तिम संस्कार कहिले र कहाँ हुन्छ ?

महारानी एलिजाबेथको अन्तिम संस्कार कहिले र कहाँ हुन्छ ?


सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ।

उक्त समयमा सर्वसाधारण मानिसहरूलाई शवपेटिका हेर्न दिइने भएको छ। त्यसअघि सेन्ट जाइल्स् कथीड्रल एडिन्बरामा महारानीको शव सोमवारबाट २४ घण्टाका लागि राखिनेछ। त्यहाँ आएर मानिसहरूले महारानीप्रति सम्मान व्यक्त गर्न सक्नेछन्।

महारानीको राजकीय अन्तिम संस्कारमा उहाँको परिवार, राजनीतिक नेता र विश्वनेताहरू ब्रिटेनको समयानुसार सेप्टेम्बर १९ को दिन ११ बजे हुने सहभागी हुनुहुने छ । उक्त दिनलाई ब्याङ्क होलिडे (सार्वजनिक बिदा) घोषणा गरिएको छ।

महारानीको निधन भएको बाल्मोरल, एबर्डीन्शरबाट उनको शवपेटिका आइतवार एडिन्बरातर्फ बिस्तारै हिँड्नेछ र त्यो प्यालेस अफ होलिरूडहाउसमा अपराह्ण ४ बजे पुग्नेछ।

शवपेटिका राजपरिवारका सदस्यहरूसहित सोमवार अपराह्ण सेन्ट जाइल्स् कथीड्रलतर्फ अघि बढ्नेछ। त्यसपछि त्यहाँ एउटा समारोहको आयोजना गरिनेछ र सर्वसाधारण मानिसहरूलाई सम्मान प्रकट गर्न पाउनेगरी २४ घण्टा त्यहाँ नै राखिनेछ।
त्यसको भोलिपल्ट महारानीको शव लन्डन ल्याइँदा उहाँकी छोरी राजकुमारी एनसँगै हुनेछिन्। एडिन्बरा विमानस्थलबाट महारानीको शवपेटिका बकिङ्गम प्यालेस लगिनेछ।

बुधवार अपराह्ण स्थानीय समयानुसार ३ बजे त्यसलाई वेस्टमिन्स्टर हलमा पुर्‍याइनेछ। त्यसपछि अन्तिम संस्कारअघि बिहिवारबाट चार दिन राजकीय सम्मानसाथ शवलाई राखिनेछ।

राजकीय अन्तिम संस्कार सेप्टेम्बर १९ को दिन ११ बजे हुनेछ र त्यस बेला विन्ड्सर कासलसम्म शवयात्रा हुनेछ। महारानीको अन्तिम संस्कार विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुनेछ।

राजाद्वारा देशको भ्रमण
अन्तिम संस्कारअघि नयाँ राजाले स्कटल्यान्ड, नोर्दन आयरल्यान्ड र वेल्सको भ्रमण गर्नुहुने छ ।

सरकारले अन्तिम संस्कारको दिनसम्मका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ। राजपरिवारले त्यसपछिको थप सात दिनलाई पनि शोकको अवधि मान्नेछ।

वेस्टमिन्स्टर एबी ब्रिटेनका राजा र रानीलाई राजमुकुट पहिराइने ऐतिहासिक गिर्जाघर हो। तर यहाँ १८ औँ शताब्दीयता कुनै पनि राजा वा रानीको अन्तिम संस्कारको समारोह आयोजना गरिएको थिएन। महारानीका बुवा, हजुरबुबा र जिजुहजुरआमा महारानी भिक्टोरिया सबैको अन्तिम संस्कार विन्ड्सरस्थित सेन्ट जोर्जेज् च्यापलमा गरिएको थियो।

महारानीको जीवन र सेवालाई सम्झना गर्दा राजपरिवारले विश्वभरिका राष्ट्रप्रमुखहरूलाई उक्त समारोहमा सहभागी हुने निम्तो गर्नेछन्। टेलिभिजनबाट प्रसारण गरिने उक्त समारोहमा यूकेका वरिष्ठ राजनीतिज्ञ तथा पदासीन र भूतपूर्व प्रधानमन्त्रीहरू पनि सहभागी हुने अपेक्षा गरिएको छ। अन्यत्र कुनै पनि आयोजकलाई अन्तिम संस्कारको दिन पहिले नै तय गरिएका कार्यक्रमहरू रद्द गर्नुपर्ने बाध्यता छैन।

तर सरकारी निर्देशिकाले खेलकुद प्रतियोगिता वा अन्य कुनै योजना गरिएका कार्यक्रम शवयात्रा वा अन्तिम संस्कारसँग समय जुधेको खण्डमा समयलाई मिलाउन सुझाव दिइएको छ। महारानीको निधनलगत्तै केही कार्यक्रमहरू रद्द वा स्थगित भएका छन्।

प्रिमिअर लीग, इङ्ग्लिश फुटबल लीग, स्कटल्यान्ड वा नोर्दन आयरल्यान्डमा तय भएका फुटबल म्याचहरू मङ्गलवारसम्म रद्द गरिएका छन्। वीमन्स सुपर लीग, वीमन्स च्याम्पिअनशिप र वीमन्स एफए कप पनि स्थगित गरिएको छ। रेसिङ, गल्फ र बक्सिङका खेलहरू पनि रद्द गरिएका छन्।

अर्को साताका लागि योजना गरिएका ठूला स्तरका हडतालहरू रद्द गरिएका छन् र ट्रेड्स यूनिअन कङ्ग्रेसले आफूले ब्राइटनमा तय भएको वार्षिक सम्मेलनको मिति सार्ने जनाएको छ।

राजा चार्ल्स तृतीयले आफूलाई सेन्ट जेम्सेज् प्यालेस लन्डनमा शनिवार राजा घोषणा गरिँदा अन्तिम संस्कारको दिन ब्याङ्क होलिडे दिइने पुष्टि गर्नुभएको थियो ।

आफ्नो सम्बोधनमा उहाँले महारानीको ‘अतुलनीय शासनको’ प्रशंसा गर्नुभएको थियो । त्यसपछि सो घोषणा सेन्ट जेम्सेज् प्यालेसमा रहेको फ्रायरी कोर्टको बार्दलीबाट पढेर सुनाइएको थियो।

प्रिभि काउन्सिलका क्लर्क रिचर्ड टिल्ब्रूकले चार्ल्सलाई ‘राजा, कमनवेल्थका प्रमुख र आस्थाका रक्षक’ घोषणा गर्दै ‘ईश्वर, राजाको रक्षा गर्नुहोस्’ भन्नुभएको थियो । (बिबिसी)

Skip This