अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महारानी एलिजाबेथको शव इडिनवर्गबाट बकिंघम दरबार पुर्‍याइयो

महारानी एलिजाबेथको शव इडिनवर्गबाट बकिंघम दरबार पुर्‍याइयो


काठमाडौं-महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ । स्थानीय समयअनुसार राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैजाँदा भव्य स्वागत गरिएको थियो ।

महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो । उनको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिने छ । बीबीसीका अनुसार महारानीको राजकीय अन्त्येष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।

उक्त दिन बेलायतमा सार्वजनिक बिदा घोषणा गरिएको छ। अन्तिम संस्कार गर्नुअघि महारानीको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ । एजेन्सी

Skip This