अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता


काठमाडौं-रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीनपिङबीच भेटवार्ता भएको छ । रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीवार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो ।

वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको ‘सन्तुलित अडान’का लागि धन्यवाद दिएका छन्। चीनले युक्रेनमा रुसी हमलाको समर्थन गरेको छैन, तथापि दुबै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ।

यसअघि गत फेब्रुअरीमा आयोजित शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा सी र पुटिनबीच भेट भएको थियो । एजेन्सी

Skip This