अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जापानमा शक्तिशाली आँधी, ३० लाख मानिसलाई सुरक्षित क्षेत्रमा जान अनुरोध

जापानमा शक्तिशाली आँधी, ३० लाख मानिसलाई सुरक्षित क्षेत्रमा जान अनुरोध


काठमाडौं-शक्तिशाली आँधीका कारण दक्षिण पश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ । आइतबार शक्तिशाली टाइफुन नान्माडोल नामक आँधी उक्त क्षेत्रतर्फ प्रवेश गरेपछि अधिकारीहरुले झन्डै ३० लाख बासिन्दाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह गरेका हुन् ।

आँधीले विभिन्न क्षेत्रमा असर गरेको छ । आइतबार बिहानसम्म कागोशिमा र छिमेकी मियाजाकीमा साढे २५ हजार घर विजुली विहीन भएका छन् । त्यस्तै, क्षेत्रीय रेल सेवाहरू, उडान र फेरी सेवा पनि रद्द गरिएका छन् । एजेन्सी

Skip This