अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीले १२ बजे उम्मेदवारी दर्ता गर्नुहुँदै

एमाले अध्यक्ष ओलीले १२ बजे उम्मेदवारी दर्ता गर्नुहुँदै


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउसो १२ बजे झापा क्षेत्र नं ५ मा उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ । आफ्नो उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली हिजो नै झापा पुगिसक्नु भएको छ । 

अध्यक्ष ओलीको उम्मेदवारी दर्ताका लागि प्रस्तावक र समर्थकहरू समेत तोकिएको छ । झापा क्षेत्र नं ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार संघीय संसद्का लागि अध्यक्ष ओलीको उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओलीलाई तोकिएको छ । 

यसैगरी प्रस्तावकहरुमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाललाई तोकिएको छ । यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दिपक कार्कीलाई तोकिएको छ ।

 उम्मेदवारका प्रस्तावक र समर्थकले नागरिकता,निर्वाचन आयोगले प्रमाणित गरेको मतदाता नामावली पेस गर्नुपर्ने छ । अध्यक्ष ओलीको उम्मेदवारी दर्ता दमक नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा दिउसो साढे १२ बजे हुने एमालेले जनाएको छ । उम्मेदवारी दर्ताका लागि नागरिकता,आयोगले प्रमाणित गरेको मतदाता नामावली र सम्पत्ति विवरण भरेको फारम आवश्यक पर्दछ ।