अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तेल निर्यातमा मूल्य सीमा तोक्ने देशलाई बिक्री गर्दैनौं: पुटिन

तेल निर्यातमा मूल्य सीमा तोक्ने देशलाई बिक्री गर्दैनौं: पुटिन


मस्को – रूसले आफ्नो तेल निर्यातमा मूल्य सीमा कुनै पनि देशलाई तेल नबेच्ने र आफ्नो तेल उत्पादन घटाउने विचार गरिरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनु भएको छ ।  
युक्रेन युद्धमा मस्कोको आर्थिक क्षमतालाई घटाउने उद्देश्यले सोमबार ग्रुप अफ सेभेन, युरोपेली युनियन र  अष्ट्रेलियाले रुसी तेलको प्रति ब्यारेल ६० डलरको मूल्य सीमा तोकेको छ ।

‘मैले पहिले नै भनेको छु कि हामी त्यस्ता निर्णय गर्ने देशहरूलाई बेच्दैनौं’, पुटिनले किर्गिस्तानको राजधानी बिस्केकमा क्षेत्रीय शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

‘आवश्यक परेमा हामी उत्पादनमा सम्भावित कमीको बारेमा विचार गर्नेछौं’ उहाँले भन्नुभयो । मूल्य सीमालाई पुटिनले ‘विश्व ऊर्जा बजारका लागि हानिकारक एउटा मूर्ख निर्णय भन्नुभयो ।