काठमाडौं-एलन मस्कले ट्विटरको सीईओ छाड्ने घोषणा गरेका गर्नुभएको छ । उहाँले यसअघि सीईओको भूमिकामा रहँदा वा अलग हुँदा कुन ठिक होला भनेर भोटिङ पोल राख्नुभएको थियो ।
बहुमत प्रयोगकर्ताले उहाँलाई सीईओ छाड्न भनेका थिए । त्यसपछि मस्कले आज बिहानै गरेको घोषणामा भन्नुभएको छ, “म सीईओ पदबाट छिटो राजीनामा दिनेछु । मैले केवल सफ्टवेयर सर्भर टिम चलाउनेछु ।”
उहाँले गरेको भोटिङ पोलमा एक करोड ७५ लाख प्रयोगकर्ताले भोट गर्नुभएको थियो । त्यसमध्ये ५७।५ प्रतिशतले सीईओ छाड्न सुझाव दिनुभएको थियो ।




प्रतिक्रिया