अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्वीरमा हेर्नुहोस् सभामुखमा निर्वाचित देवराज घिमिरे

तस्वीरमा हेर्नुहोस् सभामुखमा निर्वाचित देवराज घिमिरे


काठमाडौं – प्रतिनिधिसभाले सभामुखमा एमालेका देवराज घिमिरेलाई चयन गरेको छ । प्रतिनिधिसभाको बिहीबार बैठकमा मतविभाजनको आधारमा उहाँ सभामुखमा चयन हुनुभएकाे हाे । 

सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिनुभएको थियो । घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत  र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको छ। बैठकमा २६८ सांसद उपस्थित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिनुभयो ।  

१६७ मत पाएसँगै घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । सभामुखमा निर्वाचित भएपछि उहाँलाई बैठक कक्षमै विभिन्न दलका सांसदहरुले बधाई तथा शुभकामना दिएका थिए ।