अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति निर्वाचन सन्दर्भमा एमालेको अभिमुखीकरण कार्यक्रम (तस्वीरहरू)

राष्ट्रपति निर्वाचन सन्दर्भमा एमालेको अभिमुखीकरण कार्यक्रम (तस्वीरहरू)


काठमाडौं – नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचन सन्दर्भमा सोमबार अभिमुखीकरण कार्यक्रम गरेको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

राष्ट्रपतिको निर्वाचनको लागि नेकपा एमालेले सांसदहरूलाई प्रशिक्षण दिएको छ। प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरू प्रशिक्षण लिनका निम्ति काठमाडौंमा भेला भएका छन्।

प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेता सहभागी छन्।

एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ। नेम्वाङसँग नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।

तस्वीरहरु हेर्नुहोस्