अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पशुपतिमा एक दिन (फोटो फिचर)

पशुपतिमा एक दिन (फोटो फिचर)


काठमाडौं – पशुपतिनाथको नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ। त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभइ विदेशी भक्तजनको पनि त्यत्तिकै भीड हुने गर्छ।

पशुपतिनाथ मन्दिर विश्वमा नै प्रख्यात छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल पनि हो ।

शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव सम्मान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ ।

पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पूजास्थल (अखाडा) पनि छन् । पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा छ । जहाँ जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिन्छ ।

साथै यो पावन स्थलमा वागमती नदीले महिमा अझै बढाएको छ । पशुपतिनाथमा पुगेर एक दिन नियाल्नुस्, दुनियाँ रमाइलो छ जस्तो पनि लाग्छ र दुनियाँ फिक्का छ जस्तो पनि लाग्छ ।

बिहानै पूजापाठ, मध्याहृन पर्यटकहरुको चहलपहल, भक्तजनहरुको रमाइलो देख्दा सबै छ जस्तो लाग्छ तर पशुपति परिसरकै आर्यघाटलाई नियाल्नुस् अन्त्यमा त्यसरी नै जानुपर्छ भन्ने लाग्छ । त्यसैले त पशुपतिमा सबै छ र केही छैन ।

पशुपतिमै कोही रुन्छन्, कोही हाँस्छन्, कोही खेल्छन्, कोही कराउँछन्, कोही भगवान खोज्दै पुग्छन्, कोही भगवानसँगै पुग्छन्, कोही जन्मिन्छन् र कोही मर्छन् ।

तस्वीर : न्युज एजेन्सी नेपाल