अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिण कोरियामा रोकिएको इरानको झन्डै ६ अर्ब डलर कतारको खातामा 

दक्षिण कोरियामा रोकिएको इरानको झन्डै ६ अर्ब डलर कतारको खातामा 


काठमाडौँ–अमेरिका र इरानबीच बन्दी साटासाटको सहमति भएको छ।

समाचार संस्था एपीका अनुसार इराकमा रहेका ५ जना अमेरिकी र अमेरिकामा रहेका ५ जना इरानी बन्दीलाई सोमबार रिहा गर्ने सहमति भएको हो।

कतारको मध्यस्थतामा अमेरिका र इरानबीच भएका दर्जनौं चरणका वार्तापछि दुबै देशका अधिकारीहरू बन्दी साटासाटको सहमतिमा पुगेका हुन्।

बन्दी साटासाटका लागि दक्षिण कोरियामा फ्रिज भएको इरानको ५.९ अर्ब डलर पनि फिर्ता भएको छ।

इरानी अधिकारीहरूले उक्त पैसा कतार सरकारको खातामा आइसकेको र केही समयमै इरान सरकारको नियन्त्रणमा आउने जानकारी दिएका छन्।

अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउँदा अमेरिकी गठबन्धनमा रहेका अरू मुलुकमा रहेको इरानको पैसा पनि फ्रिज भएको छ।

इरान र अमेरिकाबीच लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध छ। सन् १९८० यता यी दुई मुलुकबीच कूटनीति सम्बन्ध छैन।

सन् १९७९ नोभेम्बरमा इरानीहरूले इरानस्थित अमेरिकी दूतावास कब्जा गरेका थिए भने त्यहाँ रहेका कूटनीतिज्ञहरूलाई बन्धक बनाएका थिए।

त्यसयता यी दुई मुलुकले एक-अर्काको मुलुकमा बन्दी बनेकाहरूलाई बेला बेलामा साटफेर गरिरहन्छन्।-एजेन्सी