अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वीटजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध, इरानमा हिजाब नलगाए १० वर्ष जेल

स्वीटजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध, इरानमा हिजाब नलगाए १० वर्ष जेल


जेनेभा-इरानमा हिजाब नलगाउने महिलामाथि कारबाही गर्ने विधेयक पारित गरिरहेको बेला युरोपबाट अर्को समाचार आएको छ । स्वीट्जरल्याण्डको संसद्ले हालै अनुहार छोप्ने बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ । समाचार अनुसार विधेयकको पक्षमा १५१ र विपक्षमा २९ मत परेको थियो ।

स्वीस संसदको माथिल्लो सदनले यसअघि नै यो विधेयकलाई अनुमोदन गरिसकेको छ । नियम उल्लंघन गरे ९२ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इरानमा हिजाब नलगाउने महिलालाई १० वर्षसम्म जेल सजाय

अब इरानमा महिलाले हिजाब नलगाउने तर टाइट लुगा लगाए भने कारबाही हुने भएको छ । हालै इराकी संसद्ले पारित गरेको विधेयकले हिजाब नलगाउने महिलालाई १० वर्षसम्मको जेल सजायको व्यवस्था गरेको हो ।

समाचार अनुसार अब इरानी महिलाहरुलाई हिजाब नलगाएमा अब १० वर्ष जेल सजाय हुनेछ । यति मात्र होइन, यी नियम र कानुन अब पुरुषमा पनि लागू हुनेछन् । हिजाब बिना महिलालाई सामान बेच्ने पुरुषलाई पनि कडा सजाय हुनेछ । इरानको संसद्ले सार्वजनिक रूपमा हिजाब लगाउन अस्वीकार गर्ने महिला र उनीहरूलाई समर्थन गर्नेहरूलाई भारी जरिवाना लगाउने विधेयक पारित गरेको हो ।

हिजाबका बारेमा हालै भएको छलफलमा २ सय ९० सदस्यीय इरानी संसदमा १ सय ५२ सांसद कारबाहीको पक्षमा थिए । प्रचलित कानुनको तुलनामा प्रस्तावित कानुनमा सजायको म्याद १० वर्ष पुर्‍याइएको छ । त्यस्तै नियम उल्लंघन गर्नेलाई ३ लाखदेखि ६ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । हिजाबको मजाक बनाउने कुनै पनि मिडिया वा एनजीओलाई पनि जरिवाना र जेल सजाय हुनेछ ।-एजेन्सी