अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्द्रजात्रा हेर्न भीभीआईपीहरू वसन्तपुरमा (फोटो फिचर)

इन्द्रजात्रा हेर्न भीभीआईपीहरू वसन्तपुरमा (फोटो फिचर)


काठमाडौं-उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगेका छन्। काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि भीभीआईहरू हिँडेरै इन्द्रजात्रा हेर्न पुगेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नु भएको छ। राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको शालिकदेखि  हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नु भएको हो।

बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन रहेको छ । राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका उपप्रमुख  सुनिता डंगोलले स्वागत गर्नु भएको थियो ।

हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा सभामुख देवराज घिमिरे।

काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा प्रधानन्यायाधीश विश्‍वम्भरप्रसाद श्रेष्‍ठ।

हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख वालेन्द्र शाह ।