अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली झापाको विभिन्न ठाउँमा सहभागी हुँदा जे देखियो (फोटोफिचर)

अध्यक्ष ओली झापाको विभिन्न ठाउँमा सहभागी हुँदा जे देखियो (फोटोफिचर)


झापानेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली केही दिनदेखि गृहजिल्ला झापामा हुनुहुन्छ।

बिजया दशमीको अवसरमा हरेक वर्ष झापामा आयोजना गर्दै आउनुभएको शुभकामना आदान-प्रदान तथा चियापानमा सहभागी हुन आउनुभएका अध्यक्ष ओली जिल्लावासीदेखि मोरङका विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै सामाजिक काममा पनि चासो देखाउनु भएको छ।

अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल गौरादह-५ मा २०८० सालको बडादशैंको शुभकामना आदानप्रदानमा कार्यक्रममा सहभागी हुनुभएको थियो।

यसैगरी, एमाले संसदीय दलका नेता एवं कोशी प्रदेशको पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की साथै अन्य नेता–कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुनु भएको थियो।

यसपटकको झापा बसाईका क्रममा अध्यक्ष ओलीसँग सेल्फी लिनेको निकै ठूलो भिड लागेको छ । जताततै सेल्फी लिनेहरु देखिए । बासँग सेल्फी लिँदाको अनुभुतिलाई हरेकका अनुहारमा देखिएका चमकले नै बयान गरिरहेको छ।