अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोनाल्ड ट्रम्पले जिते न्यु ह्याम्पशायरबाट प्राइमरी चुनाव

डोनाल्ड ट्रम्पले जिते न्यु ह्याम्पशायरबाट प्राइमरी चुनाव


काठमाडौँ- वासिङ्टन-डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जितेका छन् । सीबीएसका अनुसार ट्रम्पले ११ प्रतिनिधि र उनका प्रतिद्वन्द्वी निक्की हेलीले ८ प्रतिनिधि पाएका छन् ।

प्राइमरीको नतिजा अनुसार न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका कुल २२ प्रतिनिधि छन्। केही अमेरिकी सञ्चारमाध्यमका अनुसार जो बाइडेनले पनि डेमोक्र्याट प्राइमरी चुनाव जितेका छन् । यद्यपि, बाइडेनलाई मतपत्रमा उम्मेदवारको रूपमा प्रस्तुत गरिएको थिएन। न त उनलाई प्रतिनिधि दिइनेछ।

किनभने बाइडेनको पार्टीभित्र उनको उम्मेदवारीलाई लिएर प्रश्नहरू उठिरहेका छन्। डेमोक्र्याटिक कांग्रेसका डीन फिलिप्सले भर्खरै बाइडेनको उम्मेदवारीमाथि प्रश्न उठाउँदै उनी डोनाल्ड ट्रम्पको बिरूद्ध खडा हुन नसक्ने बताए ।

तर सबैको नजर रिपब्लिकन प्राइमरीमा थियो । यो प्राइमरी निर्वाचनमा जो कोही विजयी हुने राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित हुने भन्ने विश्वास गरिन्छ ।

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जार्चरका अनुसार ट्रम्पले न्यु ह्याम्पशायर जितेपछि रिपब्लिकनका लागि यो दौड समाप्त भएको देखिन्छ। ट्रम्पसँग हेलीको मत अन्तर थोरै भए पनि उम्मेदवारीको यो दौडमा खासै परिवर्तन हुने छैन । अमेरिकी चुनावमा पार्टीका राष्ट्रपतिका उम्मेदवार छनोट गर्न दुई प्रकारका चुनाव हुन्छन्, ककस र प्राइमरी।

Skip This