अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीले झापा इनर्जीको उद्घाटन गर्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्

एमाले अध्यक्ष ओलीले झापा इनर्जीको उद्घाटन गर्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्


झापा-सौर्य परियोजनाहरूमध्येको ठूलो ‘झापा इनर्जी लिमिलेड’को नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ।

झापा इनर्जी लिमिलेडले निर्माण गरेकाे १० मेगावाट क्षमताकाे ग्रीडमा जडित साैर्य विद्युत परियाेजनाकाे अध्यक्ष ओलीले मंगलबार उद्घाटन गर्नुभएकाे हाे।

शिवसताक्षी नगरपालिका-४ मा निर्मित सौर्य ऊर्जा विद्युत परियोजना झापाको पहिलो विद्युत उत्पादन गृह हो। साे परियाेजना सौर्य परियोजनाहरूमध्येकै ठूलो हाे।

नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र-४ बाट निर्वाचित साँसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैया रहेको छ । निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने साँवाले बताउनुभयो । साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो।
दुई वर्ष अघि निर्माण सुरु गरिएको परियोजना द्रुतगतिमा सम्पन्न भएको साँवाले बताउनुभयो । यस परियोजना बैकल्पिक परियोजना क्षेत्रमा उदाहरणीय हुने साँवाको दाबी छ। ‘बैकल्पिक उर्जाको क्षेत्रमा झापा इनर्जीले सुरु गरेको सोलार पावर प्राजेक्ट उदाहरणीय र नमुना हुन्छ’ साँवाले भन्नुभयो ‘अन्य ठाउँमा यस्तो परियोजना सञ्चालन गर्नेहरुका लागि यो एउटा नमूना हो।’