अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली रौतहट पुग्दा जे देखियो

एमाले अध्यक्ष ओली रौतहट पुग्दा जे देखियो


रौतहटनेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रौतहटवासीले भब्य स्वागत गरेका छन् ।

नेकपा एमाले रौतहटकोको १०औं जिल्ला अधिवेशन उदघाटनका लागि आज आउनु भएका अध्यक्ष ओलीलाई जनताले भब्य स्वागत गरेका हुन् । अध्यक्ष ओली जिल्ला अधिवेशनमा सहभागी हुन आज रौतहट आउनु भएको हो। उहाँले राैतहटमा पार्टीका नेता-कार्यकर्ता, भातृ संस्थाका प्रतिनिधि र स्थानीयले भव्य स्वागत गरेका छन्।

एमालेको १० औ जिल्ला अधिवेशन आज र भोलि गरुडामा हुँदैछ। गरुडामा अध्यक्ष ओलीलाई १०१  किलोको मालाले स्वागत गरिएको हो। उहाँलाई गरुडा नगरपालिकाका मेयर कन्तमणी जयसवाललगायतका नेताहरुले स्वागत गर्नुभएको थियो।

कार्यक्रममा एमाले सचिव एवं मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराई, सचिव एवं कोशी प्रदेश इञ्चार्ज रघुबीर महासेठ, पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु लगाएतका नेताहरुको सहभागिता रहेको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ।