अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी कार्यालय च्यासलमा एमाले नेताहरुले मनाए होली (तस्बिरहरु)

पार्टी कार्यालय च्यासलमा एमाले नेताहरुले मनाए होली (तस्बिरहरु)


काठमाडौं-फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ। होली आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ।

यसैसन्दर्भमा नेकपा एमालेका नेताहरूले पनि एकएकआपसमा होली मनाएका छन्। पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक बस्नुअघि नेताहरूले एकअर्कामा रङ दलेर खुशी साटासाट गरेका हुन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव, प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिजाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा र पद्मा अयार्लले एकअर्कामा रङ दलेर २०८० सालको होली पर्व मनाउनु भएको हो ।

बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ। साथै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने जनाएको छ।