अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६७औं राष्ट्रिय सहकारी दिवस (फोटोफिचर)

६७औं राष्ट्रिय सहकारी दिवस (फोटोफिचर)


काठमाडौं-६७औँ राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ नाराका साथ यसवर्ष सहकारी दिवस मनाइएको हो।

दिवसका अवसरमा ललितपुर महानगरले ललितपुरमा सहकारीमा देखिएका समस्या र समाधानका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बचतकर्तालाई विभिन्न प्रलोभन देखाएर सहकारी चलाएको र अहिले सहकारी सञ्चालकहरुले बदमासी गरेको आराेप लगाउनु भयो। उहाँले सहकारीलाई जिम्मेवार बनाउनका लागि सरोकारवाला सवैले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।