अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्दा तस्वीरमा यस्तो देखियो

चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्दा तस्वीरमा यस्तो देखियो


इलाम-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलामको चुलाचुली पुग्नुभएको छ।

अध्यक्ष ओली आज चुनावी आमसभालाई सम्बोधन गर्न इलामको चुलाचुली पुग्नुभएको हो। अध्यक्ष ओली भद्रपुर विमानस्थल झापा अवतरण गरेर चुलाचुली पुग्नुभएको हो।

वैशाख १५ गते इलाम क्षेत्र नं. २ को उपनिर्वाचन संघारमा नेकपा एमालेले इलामको चुलाचुलीमा अन्तिम सभा गरेको छ।

चुनावी सभामा अध्यक्ष ओली र सुहाङ नेम्बाङ निकै खुशी देखिनुभएको छ। उहाँहरुबीच कानेखुशी पनि गरेको देखिन्छ।

चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले एमालेका युवा उम्मेदवार सुहाङ नेम्वाङलाई इलाम-२ बाट अत्याधिक मतले जिताउनुपर्ने उहाँले बताउनुभयो।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले गल्ति कमजोरीहरुलाई केलाउँदै इलामको विकासका लागि अगाडि बढ्नु बताउनुभयो। चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाउनु भएको बाटोबाट आफू कतै विचलित नहुने सुहाङले बताउनुभयो। । उहाँले भन्नुभयो, ‘उहाँले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

तस्वीरमा हेर्नुहोस्