अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विजय सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्दा तस्वीरमा यस्तो देखियो

विजय सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्दा तस्वीरमा यस्तो देखियो


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलाम पुग्नुभएको छ।

अध्यक्ष ओली आज विजय सभाभालाई सम्बोधन गर्न इलामको इलामबजार पुग्नुभएको हो।

इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएको उपलक्ष्यमा पार्टीले आज इलाम बजारमा विजय सभा गरेको छ। सो विजय सभालाई सम्बाेधन गर्न आजै अध्यक्ष ओली इलाम आइपुग्नु भएको हो। उहाँले सम्बोधन गर्ने कार्यक्रम छ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेर सुहाङ नेम्वाङ इलाम-२ लाई प्रतिनिधित्व गर्दै सांसद बन्नुभएको हो। सुहाङले २७ हजार ७७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार नौ सय ४२ मत प्राप्त गर्नुभएको थियो।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ११ हजार ४५७ मत पाउँदा निर्वाचनमा चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गर्नुभएको थियो।

मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गर्दा राजावादी पार्टी राप्रपाका उम्मेदवारले जम्मा चारसय ८ मत मात्रै पाउनु भयो।