अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको विकास गर्न सबै एकजुट हुनुपर्छ: प्रधानमन्त्री ओली

देशको विकास गर्न सबै एकजुट हुनुपर्छ: प्रधानमन्त्री ओली

बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्


झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताउनु भएको छ।

आज झापाको दमक नगरपालिका-३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै साे कुरा बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने बताउनु भयो। उहाँले देश बनाउन हामी सबै एकजुट हुने पर्ने बताउनु भयो।

प्रधानमन्त्री ओलीले बाँदर प्रवृत्ति देश नबन्ने बताउनुभयाे। प्रधानमन्त्री ओलीले नेपाली उखान सुनाउनुहुँदै भन्नुभयो, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुलाई पनि बनाउन दिँदैन। बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेमा देश बन्दैन। देश बनाउन हामी सबै एकजुट हुनुपर्छ। हामी विभिन्न पार्टीका हुन सक्छौं तर विकास निर्माणका काममा एक हुनुपर्छ। तपाईहरुको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईहरुको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु।’

प्रधानमन्त्री ओली आज पनि गृहजिल्ला झापामा नै हुनुहुन्छ। प्रधानमन्त्री ओली २३ गते आइतबार गृहजिल्ला झापा पुग्नुभएको हो।प्रधानमन्त्री ओली हिजो गृहजिल्लाको विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो।

हिजो आइतबार प्रधानमन्त्री ओलीले झापाको मेचीनगर नगरपालिका-४, आमडाँडीस्थित मानवसेवा स्मारक भवन शिलान्यास गर्नुभएको थियो। त्यसैगरी प्रधानमन्त्री ओलीले झापाको दमक नगरपालिका-३, दापगाछीस्थित ‘दमक व्यापारिक कम्प्लेक्स’को उद्घाटन गर्नुभएको थियो।

प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल र फलदायी बनाउने सन्दर्भमा नेपाली कांग्रेस र एमालेबीच यसअघि भएको छलफलमा आवश्यक तयारीसहित जिल्लास्तरीय योजना तथा कार्यक्रम प्रधानमन्त्रीसमक्ष पेस गर्ने सहमति भएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।