अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मरुभूमि, मानव बस्ती र हरियालीको संगम मुस्ताङको ताङ्वे गाउँ

मरुभूमि, मानव बस्ती र हरियालीको संगम मुस्ताङको ताङ्वे गाउँ


मुस्ताङ-तीन हजार ६० मिटर उचाईमा रहेको ताङ्वे गाउँ प्रकृतिले आफ्नै हातले सजाएको अनुपम गन्तव्य जस्तै लाग्छ। पृथ्वीमा यस्ता थोरै स्थान मात्र छन्, जहाँ एकैसाथ हिमाली सौन्दर्य, मरुभूमिको अनुभूति, मानव बस्तीको सरल जीवनशैली र खेतीयोग्य जमिनको हरियाली देख्न पाइन्छ ।

ताङ्वे गाउँ त्यही दुर्लभ विशेषता बोकेको एउटा अद्भुत ठाउँ हो। एकातिर मरुभूमि जस्तो देखिने सुख्खा भू–भाग, अर्कोतिर साना–साना खेतका गराहरू, छेउमै बगेको कालीगण्डकी र पृष्ठभूमिमा रहेको निलगिरी हिमालको दृश्यले प्रकृतिको अनौठो सन्तुलनलाई झल्काउँछन् ।

तस्वीरहरु : टार्जन लिम्बु