अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेनको अभिव्यक्तिविरुद्ध युवा संघ र अनेरास्ववियुको प्रदर्शन [तस्वीरहरू]

प्रधानमन्त्री बालेनको अभिव्यक्तिविरुद्ध युवा संघ र अनेरास्ववियुको प्रदर्शन [तस्वीरहरू]


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै युवा संघ र अनेरास्ववियुले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितविपरीत, गैरजिम्मेवार र तथ्यहीन रहेको आरोप लगाउँदै त्यसलाई तत्काल सच्याउन माग गरेका छन्। उनीहरूले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले जिम्मेवार ढंगले अभिव्यक्ति दिनुपर्ने बताएका छन्।

काठमाडौंका विभिन्न स्थानमा आयोजित प्रदर्शनका क्रममा सहभागीहरूले नाराबाजी गर्दै प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए। उनीहरूले सरकार प्रमुखबाट आएको यस्तो अभिव्यक्तिले राष्ट्रिय एकतामाथि असर पार्न सक्ने भन्दै सरकारलाई स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहको उक्त भनाइ सार्वजनिक भएलगत्तै राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। सत्तापक्ष र प्रतिपक्षका केही नेताहरूले समेत अभिव्यक्तिप्रति टिप्पणी गर्दै आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।