काठमाडौँ-नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै नेकपा एमालेले साेमबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।
प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्चाउन माग गर्दै एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको हो।
उनीहरुले सार्वभौम सदनबाट राष्ट्र विरोधी अभिव्यक्ति बन्द गर, राष्ट्रियता हराएको मान्छे मुर्दावाद, नेपालको सीमा रक्षा गर लगायतका नारा लगाएका थिए । साथै उनीहरुले प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै राजीनामाको समेत माग गरेका छन्।
नेकपा एमालेका नेता आनन्द प्रसाद पोखरेलले नेपालले भारतीय भूमि कतै पनि नमिचेको भन्दै प्रधानमन्त्रीलाई आफ्नै सीमाका बारेमा जानकारी नभएको बताए। उनले प्रधानमन्त्रीले संविधानमा नै उल्लेख नेपालको चुच्चे नक्सालाई नै चुनौती हुने गरी बोलेको उल्लेख गरे।















प्रतिक्रिया