काठमाडौं-ललितपुरको बालकुमारी–बल्खु खण्डमा सडक बत्ती जडान गरिएसँगै चक्रपथ रातको समयमा झिलिमिली देखिन थालेको छ।
चक्रपथ निर्माण सम्पन्न भएको करिब सात वर्षपछि उक्त खण्डमा सडक बत्ती जडान गरिएको हो। ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्मको करिब ७.९ किलोमिटर सडकमा सडक बत्ती जडान गरेको जनाएको छ।
सडक बत्ती जडान भएपछि चक्रपथको यो खण्ड रातको समयमा उज्यालो र आकर्षक देखिन थालेको छ। यसले रातिको समयमा सवारी आवागमनलाई सहज बनाउनुका साथै सडक सुरक्षामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जडान गरिएको सडक बत्तीको बुधबार साँझ गृहमन्त्री सुधन गुरुङले उद्घाटन गरेका हुन्। उद्घाटनसँगै बालकुमारी–बल्खु खण्डमा नियमित रूपमा सडक बत्ती सञ्चालनमा आएको छ।
ललितपुर महानगरपालिकाले चक्रपथलाई सुरक्षित, व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले सडक बत्ती जडान गरेको जनाएको छ।
















प्रतिक्रिया