अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार युवाको साथमा : प्रधानमन्त्री ओली

वर्तमान सरकार युवाको साथमा : प्रधानमन्त्री ओली


 

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार युवाहरुको साथमा रहेको बताउनुभएको छ ।
नेपाल स्काउटको ७० औं स्थापना दिवशको अवसरम  शुभकानमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अहिलेका युवा र भविष्यका युवा अर्थात अहिलेका बालबालिकाको सहभागितामा नै देशले समृद्धि हासिल गर्ने उल्लेख गर्नुभएको छ ।
लोकतान्त्रिक प्रणालीको जगमा नै समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्त गर्न सकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । ‘हामीले लामो संघर्ष गरेर लोकतान्त्रिक प्रणाली ल्याएका छौं । लोकतन्त्रलाई कार्यन्वयन गर्न विधी र प्रणालीहरु स्थापना गरेका छौं’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ‘यिनै विधी र प्रणालीमा उभिएर हाम्रो यात्रा समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा प्राप्त गर्न अघि बढेको छ ।’
प्रधानमन्त्री ओलीले विभिन्न पक्षको अवरोधका बीच देशको यात्रा सुशासन र विकासतर्फ लम्किएको उल्लेख गर्नुभएको छ । ‘विकास र समृद्धिको यो अभियानमा नेपाल स्काउटको अनुसाशन र एकताको महत्वपूर्ण भूमिका हुनेछ ।’