बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन भएको छ । महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा ९६ वर्षको उमेरमा निधन भएको हो ।
केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार साँझ ६ः ३० मा निधन भएको बकिङ्घम प्यालेसले पुष्टि गरेको छ ।
७० वर्ष बेलायतको सिंहासनमा बसेकी उनको शासनकाललाई सबैभन्दा लामो मानिन्छ । महारानी सामान्यतया गृष्ममा बालमोरल दरबारमै बिताउने गर्थिन् । सोही परम्परा अनुरुप उनी पछिल्ला दिनदेखि सोही दरबारमा रहेकी थिइन् । मंगलबार उनले सोही दरबारबाटै नयाँ प्रधानमन्त्रीका रुपमा लिज ट्रसलाई पनि भेटेकी थिइन् ।







प्रतिक्रिया