अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ : प्रहरी

बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ : प्रहरी


काठमाडौँ-प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गरी काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको हो ।

काठमाडौँमा सञ्चालित केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको काठमाडौँ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरकाठमाडौँले जारी गरेको सूचनामा भनिएको छ–‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’

असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी हुने र भौतिक क्षति हुने हुनाले सो विषय सुरक्षा संवेदनशीलतासँग जोडिएको प्रहरीको तर्क छ । मङ्गलवार प्रधानमन्त्री प्रचण्ड संसद् भवनबाट बाहिरिँदै गर्दा इलामका प्रेम प्रसाद आचार्यले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । ३६ वर्षीय आचार्यले संसद् भवन अगाडी पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि प्रहरीले सो सूचना जारी गरेको हो ।