अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीबाट  ३८ हजार नौ सय परीक्षार्थी एसईईमा

कर्णालीबाट  ३८ हजार नौ सय परीक्षार्थी एसईईमा


कर्णाली – देशैभर आजदेखि भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीबाट ३८ हजार ९७० परीक्षार्थी सहभागी भएका छन्।

प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालका अनुसार यहाँका दश जिल्ला गरी १९ हजार तीन सय एक छात्र र १९ हजार ३७९ छात्राले परीक्षा दिइरहेका छन्। आज बिहान ८ बजेदेखि सुरु भएको एसईईमा यस प्रदेशमा १७९ परीक्षा केन्द्र सञ्चालनमा रहेको उहाँले बताउनुभयो।

दश जिल्लामध्ये ३२ परीक्षा केन्द्र रहेको सुर्खेतबाट नौ हजार १३९ परीक्षार्थी र चार परीक्षा केन्द्र रहेको डोल्पामा ६९८ परीक्षार्थी एसइई परीक्षामा सहभागी भएका निर्देशक हमालको भनाइ थियो । चौबिस परीक्षा केन्द्र रहेको दैलेखमा पाँच हजार सात सय ३५ परीक्षार्थी सहभागी छन् । एक्काइस परीक्षा केन्द्र रहेको कालीकोटमा तीन हजार सात सय ६६, बीस परीक्षा केन्द्र रहेको जाजरकोटमा चार हजार ६५६ र १७ परीक्षा केन्द्र रहेको जुम्लामा दुई हजार ८७७  परीक्षार्थी एसइईमा सहभागी भएको जनाइएको छ ।

त्यसैगरी २३ परीक्षा केन्द्र रहेको सल्यानबाट चार हजार ९८३ र तीन परीक्षा केन्द्र रहेको रुकुमपश्चिममा चार हजार २१६ परीक्षार्थी सहभागी छन् । छ परीक्षा केन्द्र रहेको हुम्लामा एक हजार २३४ र सात परीक्षा केन्द्र रहेको  मुगुमा एक हजार ६६६ परीक्षार्थी सहभागी भएका छन्। कर्णालीमा कूल परीक्षार्थीमध्ये नियमिततर्फ ३७ हजार नौ सय र ग्रेड वृद्धितर्फ एक हजार ७० परीक्षार्थी रहेको निर्देशनालयले जनाएको छ।