अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एर्दोगानको जीत घोषणा 

एर्दोगानको जीत घोषणा 


अङ्कारा-टर्कीको सर्वोच्च निर्वाचन परिषद्ले बिहीबार आधिकारिक रूपमा रिसेप तैयप एर्दोगानलाई ५२.१८ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिको निर्वाचनको दोस्रो चरणबाट विजेता घोषित गरेको छ ।

मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा टर्कीमा कूल ५२,०९३,३७५ मतदाताले मतदान गरेका थिए । मतदानको दर ८५.७२ प्रतिशत रहेको निर्वाचन निकायका अध्यक्ष अहमत येनरले पत्रकारहरूलाई बताएका छन् । 

एर्दोगान दोस्रो चरणको चुनावमा राष्ट्रपतिको रूपमा पुनः निर्वाचित भएका हुन् । उनले टर्कीको विपक्षी ब्लकका राष्ट्रपति पदका उम्मेदवार, केन्द्र–वामपन्थी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । उता प्रत्याशी किलिचदारोग्लुले ४७.८२ प्रतिशत मत प्राप्त गरेका थिए ।

मे १४ मा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः राष्ट्रपतिको निर्वाचन भएको थियो । एर्दोगानले शनिबार संसदमा शपथ लिने र त्यसपछि आफ्नो नयाँ मन्त्रिपरिषद् घोषणा गर्नेछन् । सांसदहरूले शुक्रबार संसद्मा शपथ लिँदै छन् ।-सिन्ह्वा