अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्यले नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?  

सुनको मूल्यले नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?  


काठमाडौँ-सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज ८ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

हिजो प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै चाँदीको मूल्य शुक्रवार तोलामा २५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।